समाचारमंगलबार, फाल्गुण २७, २०७०

जिउँदै जलाएर मार्ने प्रयास

हिमालखबर

सल्यानको कुपिण्डेदह–२ आगरनेटाका ३२ वर्षीय ठगे कवरले २६ फागुन राति आफ्नै घरमा श्रीमती र छोराहरूलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका छन् । दुईवटी श्रीमती विवाह गरेका कवरले घरमा आगो लगाइसकेपछि बाहिरबाट ढोका लगाएर भागेका थिए । श्रीमान्ले घरमा आगो लगाएपछि ३४ वर्षीया श्रीमती सुनिता कवरले कोठाको ढोका फोडेर बाहिर निस्किएकी थिइन् ।

“राति ९ बजे मदिरा सेवन गरेर आएछन्”– सुनिताले भनिन्, “म निदाइसकेकी रहिछु कोठामा धुवाँ आएपछि आगो लगाएको थाहा पाएँ र ढोका फोडेर बाहिर आएँ ।” अर्को कोठामा सुतिरहेका उनका छोराहरू १३ वर्षीय हरिहर कवर र ८ वर्षीय भूपेन्द्र कवरले आफू सुतेको कोठामा छानोबाट आगो खसेपछि थाहा पाएका थिए । त्यसपछि उनीहरू पनि बाहिर निस्केर ज्यान जोगाएको पीडित महिला सुनिताले बताइन् ।

श्रीमान्ले यसअघि पटकपटक कुटपिट गर्दै आएको पीडित सुनिताले बताइन् । आगोले जलेर घर पूर्ण रूपमा नष्ट भएको छ भने घरमा भएका लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएका छन् । घटनापछि श्रीमान् ठगेलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित सुनिताले पीडक श्रीमान्विरुद्ध ज्यान मार्ने उद्योग, बहुविवाह र अशंमुद्दा दिएकी छन् । घटनाको अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रहरीले बताएको छ । ठगेले २०५७ सालमा सुनितासँग पहिलो बिहे गरेका थिए भने ०६३ सालमा दोस्रो बिहे गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>