समाचारमंगलबार, फाल्गुण २७, २०७०
संविधान प्रमाणिकरणको विवाद टुंगियो
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस र एमाले नेताहरुको बैठकमा नयाँ संविधानलाई संविधानसभा अध्यक्षले प्रमाणित गरेपछि राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरी घोषणा गर्ने सहमति भएको छ भने ‘प्रमाणिकरण’ भन्ने शब्द उल्लेख गरिनेछैन । यो सहमति सँगै संविधानसभा नियमावलीको मस्यौदा पनि चाँडै तयार हुने भएको छ ।
सहमतिमा सभाध्यक्षले प्रमाणित गरेको संविधानमा राष्ट्रपतिको हस्ताक्षर सहित संविधान घोषणा गरेको व्यहोरा अनुसूचीमा राख्ने उल्लेख छ ।
कांग्रेस र एमालेबीच संविधान प्रमाणीकरण राष्ट्रपति वा संविधानसभा अध्यक्षमध्ये कसले गर्ने भन्ने विवाद नसुल्झँदा संविधानसभाको नियमावली मस्यौदा समितिले मस्यौदा बनाउन सकिरहेको थिएन ।
