थप समाचारमंगलबार, फाल्गुण २७, २०७०
भारतमा माओवादीद्वारा १६ सुरक्षाकर्मीको हत्या
छत्तीसगढका अतिरिक्त पुलिस महानिदेशक मुकेश गुप्ताका अनुसार ४४ जना सीआरपीएफका ४४ जवान सडक निर्माण कार्यको सुरक्षाका लागि जगदलपुर सुकमा रोडमा गस्तीमा रहेका बेला माओवादीले आक्रमण गरेका हुन् ।
माओवादीले सीआरपीएफका जवानमाथि आक्रमण गरेपछि करिब ४ घण्टासम्म भिडन्त भएको गुप्ताले बताएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसै स्थानमा पोहोर मे महिनामा माओवादी आक्रमणमा कांग्रेस नेता विद्याचरण शुक्ल, महेन्द्र कर्मा, नन्दकुमार पटेललगायत ३१ जनाको हत्या भएको थियो ।
प्रहरीले भिडन्तमा कम्तीमा पनि दुई जना माओवादी मारिएको दाबी गरेको छ ।

