थप समाचारबुधबार, फाल्गुण २८, २०७०

हिमाली भरियालाई न्यानो कपडा– ‘क्लोथिङ बैंक’

हिमालखबर

बुद्धवीर बाहिङ, सोलुखुम्बु

हिमाली पर्यटकका भारी बोकेर गुजारा गरिरहेका नेपाली भरियाहरुले उच्च हिमाली भेगमा लगाउन पर्यटकका जस्ता न्यानो र महंगो लुगा किन्न सक्दैनन् । एउटा गतिलो ज्याकेट र जुत्ता किन्दा मात्रै महिना दिनको कमाई सक्काउनु पर्ने वाध्यता हुन्छ ।

खुम्जुङ गाविसको त्याङबोचेस्थित एभ्रेष्ट क्लोथिङ बैंकबाट लगेको कपडा लगाएर सगरमाथाको आधारशिविर जाँदै पर्यटक भरियाहरु ।

तर, अहिले सोलुखुम्बुमा भरियाहरुलाई आवश्यकता अनुसार न्यानो कपडा दिने ‘सगरमाथा क्लोथिङ बैंक’ खुलेपछि भरियाले आवश्यक परेका बेला न्यानो कपडा लगाउन पाउने भएका छन् । सोलुखुम्बुको चौरीखर्कस्थित लुक्ला बजारमा खुलेको ‘एभरेष्ट क्लोथिङ बैंक’ ले पर्यटक भरियालाई न्यानो कपडा उपलब्ध गराउन थालेको छ ।

लुक्लाबजारस्थित एभरेष्ट क्लोथिङ बैंकको कार्यालय ।

‘एभरेष्ट क्लोथिङ बैंक’ मा एक हजार रुपैंया धरौटी राखेर भरियाले एक सेट कपडा पाउँछन् । पसलका प्रमुख लाक्पा बाङ्छु शेर्पाले पर्यटक भरियाको आवश्यकता अनुसार कपडा दिइने बताए । भरियाले लगेको लुगा काम सकिएपछि धोएर बैंकलाई नै फिर्ता गर्नुपर्छ । यसवापत बैंकले कुनै रकम लिंदैन ।

एभरेष्ट क्लोथिङ बैंक लुक्लाका प्रमुख लाक्पा वाङछु शेर्पा ।

क्लोथिङ बैंकमा अहिले २४० थान स्लिपिङ ब्याग र ३५० थान ज्याकेट भएको उनले बताए । तर, कपडा लिन भरियाका तर्फबाट पर्यटक वा गाइड जमानी बसिदिनुपर्ने शेर्पाले बताए ।

एभरेष्ट क्लोथिङ बैंक लुक्लामा कपडा लिन आएका पर्यटक भरिया लोकबहादुर सुनुवार ।

खिजीचण्डेश्वरी ओखलढुंगाका पर्यटक भरिया लोकबहादुर सुनुवारले पसल खुलेपछि सजिलो भएको बताए ।

तस्वीरहरुः बुद्धवीर बाहिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>