समाचारबुधबार, फाल्गुण २८, २०७०

शिक्षकको अन्तर्वार्ता एसएलसीपछि

हिमालखबर

शिक्षक सेवा आयोगको नतिजामा अनियमितता भएको हुनसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको नतिजामा छानबिन गरी सफाइ दिएपछि अन्तर्वार्ता कार्यक्रम प्रकाशनका लागि तयारी गरिएको छ ।

स्थगित अन्तर्वार्ता कार्यक्रम प्रकाशनका लागि शिक्षा मन्त्रालयसँग छलफल भइरहेको जानकारी गराउँदै शिक्षक सेवा आयोगका उपसचिव नारायणप्रसाद भट्टराईले अन्तर्वार्ता कार्यक्रम आगामी एक हप्ताभित्रमा आउन सक्ने बताए ।

उनले भने, “माध्यमिक तथा निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा प्रकाशन भइसकेका कारण तिनीहरुको अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको र नतिजा प्रकाशन गर्न बाँकी रहेको प्राथमिक तहको नतिजा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक भएपछि प्रकाशन गरिने छ ।”

आगामी चैत ६ देखि १४ गतेसम्म एसएलसी परीक्षा हुने भएका कारण एसएलसी परीक्षापछि मात्र अन्तर्वार्ता लिने गरी छलफल भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>