समाचारबुधबार, फाल्गुण २८, २०७०
बेलुका दुई घण्टा लोडसेडिङ कम गर्ने उर्जामन्त्रीको दाबी
काभ्रेको खोसीस्थित पनौती जलविद्युत् केन्द्रको निरीक्षणपछि भएको अन्तक्र्रियालाई सम्बोधन गर्दै उर्जामन्त्री राधा ज्ञवाली घरमा काम गर्ने गृहिणीका लागि लक्ष्य गरेर चैतदेखि बेलुका हुने लोडसेडिङ दुई घण्टा घटाउने बताएकी छन् ।
मन्त्री ज्ञवालीले भनिन्, “त्यसका लागि अध्ययन भइरहेको छ र अध्ययन प्रतिवेदन आएलगत्तै कार्यान्वयनमा जान्छ ।”
उनले भारतबाट ल्याइने विद्युत्का लागि प्रसारण लाइन बनाउने काम अझै तीन किलोमिटर बाँकी रहेको उल्लेख गर्दै त्यो काम सकिएपछि पनि विद्युत् कटौती घटाउन सकारात्मक प्रभाव पर्ने बताइन् ।
यसअघि उनले गृहणी र एसएलसी दिने विद्यार्थीलाई लक्षित गरी बेलुका ६ देखि ९ बजेसम्म लोडसेडिङ नहुने व्यवस्था मिलाउन लागेको बताएकी थिइन् ।
पनौती जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको भन्दै काभ्रेको २२ औँ जिल्ला परिषद्ले ऊर्जा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको दोस्रो दिन मन्त्री ज्ञवालीले केन्द्रको निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी छन् ।
आयोजनाको क्षमता दुई हजार ४०० किलोवाट भएकामा अहिले पानी सङ्कलन भएका बेलामा मात्रै ५०० किलोवाट विद्युत् उत्पादन हुने गर्छ ।
रासस
बेलुका लोडसेडिङ नहुने व्यवस्था गर्दैछुः उर्जामन्त्री
