समाचारबुधबार, फाल्गुण २८, २०७०
सेवाग्राहीलाई दुःख नदिनुस्ः प्रधानमन्त्री
२८ फागुनमा गोरखा पुगेका प्रधानमन्त्री सुशील कोइरालाले कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सेवामा भ्रष्टचार, अनियमितता र ढिलासुस्ती नहोस् भन्नेमा ध्यान दिनु पर्ने बताएका छन् ।
जलस्रोत र पर्यटनको विकासबाट नेपालको विकास सम्भव रहेको बताउँदै उनले आगामी दश वर्षभित्र नेपाली युवा विदेश जाने हैन विदेशी युवा नेपालमा रोजगारका लागि आउने दाबी गरे ।
देश विकासको नयाँ युगमा प्रवेश गरेको भन्दै कोइरालाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका कुरालाई कसैले चाहेर पनि परिर्वतन गर्ने नसक्ने बताए । उनले सबैलाई समेटेर विश्वले मान्ने संविधान निर्माण गर्ने काममा सरकारले ध्यान दिने समेत बताएका थिए ।
