थप समाचारबिहीबार, फाल्गुण २९, २०७०
पर्साको हरिहरपुरमा आगलागी, १० घर जले
गुलरियाको एउटा घरबाट शुरु भएको आगलागी चैते हावाको वेगसंगै छेउछाउको घरमा फैलिएर ठूलो क्षति हुन पुगेको इलाका प्रहरी कार्यालय लंगडी, पर्साले जनाएको छ ।
आगो नगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निभाएको छ ।
खाना पकाउन बालिएको आगोबाट छानो सल्केको स्थानीयले बताएका छन् । आगलागिबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।
बिम्मी शर्मा, वीरगञ्ज
