थप समाचारबिहीबार, फाल्गुण २९, २०७०
नब्बे वर्षका वृद्ध पेन्सनर लुटिए
भूपू भारतीय पेन्सनर ९० वर्षीय नरबहादुर गुरुङ २९ फागुन बिहान ९ बजे लुटिएका छन् । गोरखामा चलिरहेको पेन्सन क्याम्पबाट पेन्सन लिएर गुम्दा वडा नं ६ स्थित माझगाउँ घर फर्कंदै गर्दा उनी लुटिएका हुन् ।
पेन्सन निकालेर काठमाडौंमा रहेका छोराहरुलाई पठाई घरखर्चका लागि लगेको रु १५ हजार लुटेराले लुटेको उनले बताए ।
गुरुङ हिँडेरै पेन्सन लिन गोरखा आएका थिए ।
