समाचारबिहीबार, फाल्गुण २९, २०७०

एक वर्षमै संविधान बन्न गाह्रो छः उपप्रधानमन्त्री गौतम

हिमालखबर

प्रेस चौतारीद्वारा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री वामदेव गौतमले एक बर्षभित्र संविधान जारी गर्नका लागि अधिकतम प्रयास गरिए पनि केही महिना बढी समय लाग्ने बताएका छन् ।

निर्वाचन भएको झण्डै ४ महिना भइसक्दा पनि संविधानसभाले अहिलेसम्म काम नथालेकाले समय लम्बिने पक्का भएको उनको भनाई थियो ।

“संविधानसभा र सरकार गठनमा यति समय लाग्ला भन्ने हामीले सोचेका थिएनौं,” गौतमले भने, “अब नयाँ संविधान निर्माण हुन करिब १५ महिना समय लाग्नसक्छ ।”

दुईचार महिना समय बढी लाग्दैमा कसैलाई आपत्ति नहुने भन्दै उनले आफ्नो ईमान्दारी र नियतमा खोट नदेख्न पनि आग्रह गरे ।

सरकार सक्दो चाँडो स्थानीय निकायको निर्वाचन गराउन लागिपरेको भन्दै उपप्रधानमन्त्री गौतमले प्रमुख दलहरुबीच संविधानसभा निर्वाचनकै बेला यस बिषयमा सहमति भएको जिकिर गरे ।

उनले भने, “संविधान निर्माण भएपछि मात्रै चुनाव गर्नेतर्फ लाग्ने हो भने देशमा अबको पाँच–छ बर्षसम्म चुनाव हुँदैन ।

मुलुकमा नयाँ संविधान जारी नहुँदासम्म कांग्रेस र एमालेका बीचमा सहकार्य जारी रहने बताउँदै गौतमले एकले अर्काको आलोचना गरेपनि एकता भने नतोडिने दाबी गरे ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>