थप समाचारबिहीबार, फाल्गुण २९, २०७०
मिर्गौला बचाउन कार्यक्रम (सात तस्वीर)
“उमेरसँगै तपाईंको मिर्गौला पनि ‘बुढो’ हुन सक्दछ” भन्ने नाराका साथ यसवर्षको विश्व मिर्गौला दिवस मनाउने क्रममा राजधानीस्थित टुँडिखेलमा भने भिन्न कार्यक्रम आयोजना भयो । कलाकर्मीको सांगीतिक प्रस्तुतीसँगै त्यहाँ चिकित्सकले सर्वसाधारणको निशुल्क मिर्गौला परीक्षण गरे ।


कार्यक्रममा गायिका आनि छोइङ्ग डोल्मा, सुरसुधा, मह जोडी लगायतले सांगीतिक प्रस्तुती पस्के । चिकित्सकहरुले भने प्रत्येक वर्ष सर्वसाधारणले पनि मिर्गौला परीक्षण गर्नुपर्नेमा जोड दिए ।


प्रत्येक दश जनामध्ये एक जना व्यक्तिलाई मिर्गौलाको दीर्घकालिन रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । जम्मा रु. ९० खर्च गर्दा मिर्गौलाको रोगबारे थाहा पाउन सकिन्छ ।
तस्वीरहरुः देबकी विष्ट र आनन्दराम डंगोल
