समाचारसोमबार, भाद्र ४, २०६९
राष्ट्रपति मौन बस्न मिल्दैन: महत
४ भदौमा काठमाडौं, डिल्लीबजारमा आयोजित कार्यक्रममा नेता महतले राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्ने दिन धेरै टाढा नभएको बताए । उनले संसद नभएको अवस्थामा राष्ट्रपति मौन बस्न नमिल्ने उल्लेख गरे । दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि आव्हान गर्दा राष्ट्रपतिलाई ठाउँ खोजेको भन्न नमिल्ने उनको भनाई थियो ।
आफ्नै पार्टी नेतृत्वप्रति समेत असन्तुष्ट नेता महतले कांग्रेसका तीन शीष नेताहरु एक आपसमा मिल्न नसके आफूहरु विकल्प दिन तयार रहेको बताए । मुलुकको नेतृत्व अब युवाहरुले गर्ने उनको दाबी थियो ।
