थप समाचारशनिबार, चैत्र १, २०७०

पर्यटकीय स्थलमा सरकारको बेवास्ता (सुन्दर चोलापासका तस्वीरसहित))

हिमालखबर

बुद्धवीर बाहिङ, सोलुखुम्बु

समुद्र सतहबाट ५ हजार ४२० मिटरको उचाईमा रहेको सोलुखुम्बुकै खतरापूर्ण पास मानिने चोला पासको बाटो विग्रिएका कारण त्यहाँको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

बाह्रै महिना हिउँले ढाकिरहने चोलापासमा बाटो देखाउने कुनै संकेत छैन भने वर्षेनी तापक्रम बृद्धिले भू–बनोट परिवर्तन भईरहँदा पहिलो बनाइएका बाटोेको नाम निशान समेत भेटिदैन, ग्लेसियर पग्लिएर ठाउँ ठाउँमा पोखरी र खर्पस बन्न थालेपछि यस क्षेत्रको बाटो खतरनाक बन्दै गएको हो ।

साहसिक पर्यटकीय पदमार्गको चोला पासमा भएको बाटो हिउँले पुर्ने, हिउँ विलेर चलायमान हुने हुँदा पर्यटकहरु हराउने गरेको ट्रेकिङ गाईड लाक्पा तेञ्जी शेर्पाले बताउँछन् । “ढुङ्गा झर्ने क्रम चलिरहन्छ, हिममय बाटो पार गर्नु पर्यटक र पर्यटक भरियाहरुको लागि यत्ति धेरै कठीन छ की सँगसँगै लिएर गएन भने बाटो बिराउने सम्भावना उत्तिकै छ,” गाईड शेर्पाले भने ।

चोला पास पार गर्दा विभिन्न ठाउँमा भएका क्रेभासहरु छल्दै हिड्नु पर्यटकहरुको बाध्यता बनेको छ ।

करिब आधा घण्टाभन्दा बढी समय हिउँले ढाकिएको अप्ठ्यारो बाटो अन्दाजको भरमा पार गर्नुपर्ने पर्यटक भरियाहरु बताउँछन् ।

चोला पासमा मात्र नभई चोला पास पार गरीसकेपछि पनि अप्ठ्यारो बाटो पार गर्नु पर्ने भएकाले यसक्षेत्रको बाटो निर्माणका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

सगरमाथा आधारशिवीर तथा कालापत्थरको यात्रा पार गरी गोक्यो ताल लगायतका क्षेत्र हेर्न चाहनेहरु र रेञ्जोला पास भ्रमणमा जाने पर्यटकहरुले चोला पास पार गर्नैपर्छ वा गोक्यो क्षेत्रको भ्रमण सकेर आधारशिवीर तथा कालापत्थर जान चाहने हो भने पनि चोलापास गर्नैपर्छ ।

यत्ति धेरै महत्वपूर्ण मानिएको पर्यटन पदमार्गको निर्माण तथा मर्मतका लागि अहिलेसम्म राज्यले केही नगरेको पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटकहरुको समस्या समाधानका लागि ठाउँ ठाउँमा फलामको पोल गाडी डोरी टाँग्ने व्यवस्था मिलाउनु पर्ने उनीहरुको सुझाव छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>