समाचारशनिबार, चैत्र १, २०७०

जगदम्बा स्टिलले प्रदुषण फैलाएपछि स्थानीयद्वारा उद्योगमा ताला

हिमालखबर

श्याम गुप्ता, बारा
कवाडी फलाम पगाल्न उद्योगको चार वटा भट्टीमा लगाएको आगोबाट निस्केको धुँवाले सिमरा वरिपरिको क्षेत्र नैं अँध्यारो बनाएपछि स्थानीयले जगदम्बा स्टिल उद्योगको मुल गेटमा तालाबन्दी गरेका छन् ।

उद्योगबाट निस्केको धुलो र धुँवाका कारण स्थानीयलाई श्वाप्रश्वास लगायत विभिन्न रोग समस्या हुनुका साथै वातावरणसमेत प्रदुषित हुनथालेपछि स्थानीयले उद्योग अगाडी टांगिएका विलबोर्ड समेत तोडफोड गरेका छन् ।

कृषकहरुले आफ्नाें बाली, खानेपानी समेत प्रदुसित भएको दाबी गरेका छन् । उद्योगको धुलो र धुँवा नियन्त्रण गर्नका लागि यस अघि पनि पटक–पटक उद्योग र स्थानीयबीच भएका सहमति उद्योगले कार्यान्वयन नगरेपछि सिमराबासी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनकारीले आफ्नाें माग पूरा नभएसम्म उद्योग सञ्चालन गर्न नदिने भन्दै तालाको साँचो सिमरा गाविसका प्रतिनिधि केदार बस्नेतलाई बुझाएका छन् ।

आक्रोशित आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय परिसर भित्रै उद्योगका कार्यकारी निर्देशक रोसित उत्थिहान विरुद्ध नारा जुलुस समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>