समाचारसोमबार, भाद्र ४, २०६९
राष्ट्रपतिबाट अध्यादेश अस्वीकृत हुनु स्वाभाविकः एमाले
एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतमले ४ भदौमा जारी गरेको प्रेस विज्ञप्तिमा संविधानको कार्यान्वयनमा उत्पन्न गतिरोध अन्त्य गर्नका लागि राजनीतिक दलबीच सहमति अपरिहार्य भएका बेला यस वास्तविकतालाई अस्वीकार गर्दै सरकारले एकपक्षीय रुपमा अध्यादेश सिफारिस गर्नु सर्वसत्तावादी चरित्र भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले संविधान संशोधन नगरी निर्वाचन सम्भव छैन भनिसकेको अवस्थामा सरकारलॆ संविधानका प्रावधानहरुलाई मिच्ने गरी अध्यादेश प्रस्तुत गर्नु संविधानको सर्वोच्चता र विधिको शासनविपरीतको कार्य हो ।’
गौतमले विज्ञप्तिमा भनेका छन्,’सरकारको यस्तो अलोकतान्त्रिक एवं सर्वसत्तावादी कदमको घोर निन्दा एवं भत्स्रना गर्दछ । ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित र प्रथम निर्वाचित राष्ट्रपति संस्थाको मर्यादाविरुद्ध दलीय स्वार्थ केन्द्रीत प्रचारवाजीमा नउत्रिन सम्बद्ध सबैलाई अपिल गर्दछ ।’ रासस
