समाचारशनिबार, चैत्र १, २०७०

मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनः विद्यार्थी नेता, मूल्यवृद्धि निगमको बाध्यताः प्रवक्ता शर्मा

हिमालखबर

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयमा १ चैतमा सम्पन्न विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम तय गरेको छ ।

घोषित आन्दोलनका कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तरक्रियामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले जनतालाई मारमा पार्ने गरी गरिएको मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता गर्न आग्रह गरे ।

सरकार जनताको जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अनुदार बन्न नपाउने बताउँदै कर्णले मूल्यवृद्धिको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

नेपाल बन्दका कार्यक्रमका सम्बन्धमा नेपाल विद्यार्थी सङ्घको फरक मत भएको उल्लेख गर्दै कर्णले बन्दका कार्यक्रममा सङ्घको सहभागिता नरहने र त्यसको विकल्प खोज्नुपर्ने बताए ।

मूल्यबृिद्ध वाध्यताः निगम

यसैबीच, नेपाल आयल निगमका प्रवक्ता मुकुन्द शर्माले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु नेपाल आयल निगमको बाध्यता भएको बताएका छन् ।

शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको बताए ।

आयल निगमले अझै पनि मासिक रु १ अर्ब ५ करोड घाटा बेहोर्दै आएको बताउँदै उनले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर रु ८६४.९२ घाटा भइरहेको जानकारी दिए ।

विद्यार्थी सङ्गठनहरूसँग दुई महिनाअघि मात्र पनि मूल्यवृद्धिलगायतका विषयमा अन्तरक्रिया गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>