थप समाचारआइतबार, चैत्र २, २०७०

स्याङजा दुर्घटनाः मृतकको सनाखत (अपडेट)

हिमालखबर

२ चैत बिहान ८ बजे तिर्थयात्री बोकेर स्याङजाको अकलादेबी मन्दिरतर्फ लागेको जीप पेलाकोट–९ मा दुर्घटना हुँदा जगत्रदेबी–८ का ३९ वर्षीय मनबहादुर नेपाली, उनकी श्रीमती ३४ वर्षीया ज्ञानु नेपाली, सोही स्थानकी १६ वर्षीया सीता नेपाली, ३५ वर्षीया शोभा मगर, तिनदोबाटेका २४ वर्षीय कमल थापा, जगत्र देबी– ८ का ३४ वर्षीय किसमाया सार्की र पेलाकोट ४ का ४० वर्षीय चुक बहादुर सारुको निधन भएको छ ।

उनीहरु मध्ये ६ जनाको घटनास्थलमै र एक जना सारुको उपचारको क्रममा गल्याङ्ग सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

घाईते ७ मध्ये चालक ईन्द्र थापा, उनका श्रीमती हेमा थापा, उनका छोरी रेशम थापा, देबी थापा, राजेन्द्र बिक र पानु बिकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ भने पेलाकोट ९ की २५ वर्षीया देबी थापा र जगत्रदेबी–८ की ३५ बर्षीया पानु बिकको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ । घाइते सबैको अबस्था समान्य रहेको अस्पतालले बताएको छ ।

लु १ ज १४५४ नम्बरको जीप पेलाकोट सेनथुम्का भन्ने स्थानबाट झण्डै सय मिटर तल खोल्सामा खसेको थियो ।  तिर्थयात्रीले बली दिन लगेका २ वटा बोकामध्ये एउटा मरेको छ ।

उकालोमा लोड तान्न नसकेपछि ब्याक हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
देब पचभैया,  स्याङ्जा

———————————————————————————————————————

स्याङजामा जीप दुर्घटना, ७ को मृत्यु

हिमालखबर

आईतबार , २ चैत्र २०७० १०:०१ एम

स्याङजाको तल्लो गल्याङबाट अकलादेवी मन्दिरमा पूजाका लागि यात्रु बोकेर जाँदै गरेको जीप तेलाकोट –९ मा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

फागु पूर्णिमाका दिन अकलादेवी मन्दिर दर्शनका लागि जाँदै गरेका तिर्थयात्रु बोकेको लु १ ज १४५४ नम्बरको जीप तेलाकोट–९ सेनथुम्कामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते ६ जनाको स्थानीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थपउपचारका लागि पाल्पा पठाइएको छ ।

मृत्यु भएकाहरुमा तेलाकोट चुकबहादुर सारु बाहेक अन्यको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

देव पचभैया, स्याङजा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>