समाचारआइतबार, चैत्र २, २०७०
होली खेल्दा दुई बालकको मृत्यु
राजधानीको दुई छुट्टाछुट्टै ठाँउमा २ चैतमा होली मनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको हो । काठमाडौं, बसुन्धरामा छतबाट लडेर ११ वर्षीय बालक अर्पण राईको मृत्यु भएको छ ।
आमासँगै डेरामा बस्दै आएका राई तीन तलामाथिको छतबाट लोला हान्ने क्रममा चिप्लेर लडेका हुन् । उनको घर भने धरान नगरपालिका–७ हो ।
यस्तै, धर्मस्थली, जरंखुका १४ वर्षीय अनिल महर्जनको पनि लडेर मृत्यु भएको छ । होली खेल्न हिडेको हूलसँग भागदौड गर्दा उनीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको पेट्रोलिङ टोली देख्नेबित्तिक्कै भाग्ने क्रममा उनको मृत्यु भएको हो ।
