थप समाचारआइतबार, चैत्र २, २०७०
बिजेपी नेता मोदीले बनारसबाट उम्मेदवारी दिने
निर्वाचनपछि आगामी प्रधानमन्त्री पदका दावेदार बिजेपी नेता नरेन्द्र मोदीले हिन्दू धार्मिक नगर बनारसबाट उम्मेदवारी दिने पार्टीले निर्णय गरेकोे छ ।
बीजेपीले १ चैत राति अप्रिल ७ देखि पाँच सातासम्म चल्ने आम निर्वाचनका लागि आफ्नो उम्मेदवारको पछिल्लो सूची घोषणा गरेको छ ।
घोषणापछि मोदीले ट्विटरमा धार्मिक नगर बनारसबाट उम्मेदवार हुन आफूलाई अवसर दिएकोमा पार्टीप्रति आभार प्रकट गर्दै यो गर्वको विषय भएको बताएका छन् ।
मोदीको बनारसबाट उम्मेदवारीलाई उनलाई हिन्दू कट्टरपन्थीको रुपमा उभ्याउने र उत्तरप्रदेशबाट अधिक सिट जित्ने रणनीतिका रुपमा लिइएको छ ।
सत्ताधारी कङ्ग्रेस पाटीले यस निर्णयको आइतबार आलोचना गर्दै बिजेपीले विजय हासिल गरे हिन्दू कट्टरपन्थी विषयलाई अगाडि बढाउने स्पष्ट सङ्केत दिएको आरोप लगाएको छ ।
हालका अभिमत सर्वेक्षणमा मोदीले विजय हासिल गर्ने अनुमान गरिएको छ । गुजरातका मुख्यमन्त्री समेत रहेका मोदीले गुजरातबाट पनि उम्मेदवारी दिने सम्भावना छ ।
एएफपी
