समाचारआइतबार, चैत्र २, २०७०
प्रहरी भ्यान दुर्घटना हुँदा दुईको मृत्यु
२ चैतमा भएको दुर्घटनामा ३७ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश श्रेष्ठका अनुसार घटनामा स्याङजाका केशबहादुर राना र लमजुङका महेन्द्र श्रेष्ठको मृत्यु भएको हो ।
एक वर्षे तालिम सकेर आगामी १८ चैतमा पासआउट हुनको लागि मनकामना गण भानुबाट शसस्त्रको तालिम महाविद्यालय लामापाटन आउने क्रममा भ्यान दुर्घटनामा परेको हो ।
घटनामा घाइते भएका ४ जनाको मणिपाल र बाँकी सबैको पश्चिमाचल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
माधव बराल, पोखरा/पवन पौडेल, तनहूँ
