समाचारसोमबार, चैत्र ३, २०७०
एमाओवादीसँग एकता असंभवः गजुरेल
दुई माओवादीबीच पार्टी एकीकरणको चर्चा चलिरहेको बेला नेकपा–माओवादी नेता गजुरेलले पछिल्लो पटक भएको कार्यगत एकतालाई पार्टी एकीकरण भनेर प्रचारवाजी गर्नु गलत भएको बताएका छन् । रिपोर्टस क्लबले राजधानीमा ३ चैतमा गरेको कार्यक्रममा उनले भने, “अहिले हामीले दुईवटा विषयमा मात्रै संयुक्त विज्ञप्ती जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हौं, त्यो भन्दा नयाँ केही पनि गरेका छैनौं ।”
उनले पछिल्लो कार्यगत एकता परिस्थितिले सिर्जना भएको तर्क गरे । द्वन्द्वकालीन मुद्दाहरुलाई व्युँताउँदै राज्यले आफ्ना नेता कार्यकर्तालाई जेलमा हालेर वृहत शान्ति सम्झौता मर्म र भावना विपरित कार्य गरेकाले त्यस्को बिरोधमा दुई पार्टीबीच कार्यगत एकता भएको उनले स्पष्ट पारे ।
तर, उनले यही कार्यगत एकता विकसित भइ मोर्चा बने एकताको संभावना भने रहेको बताए । “नयाँ जनवादी क्रान्ति पुरा नभईसकेकाले कार्यगत एकता हुनु भनेको नौलो कुरा होइन,” उनले भने ।
