समाचारमंगलबार, चैत्र ४, २०७०
चिनकाजी कांग्रेस संसदीय दलको प्रमुख सचेतक
नेपाली कांग्रेस सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाले नेपाली कांग्रेस संविधानसभा संसदीय दलको विधान अनुसार संविधानसभाका सदस्य चिनकाजी श्रेष्ठलाई नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी संविधानसभा सदस्य ईश्वरी न्यौपानेलाई संसदीय दलको सचेतकमा मनोनयन गरेको पनि कांग्रेसले जनाएको छ ।
