समाचारमंगलबार, चैत्र ४, २०७०

पेट्रोल हंगामा: संसद बैठक स्थगित

हिमालखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाओवादी नेता कृष्णबहादुर महराले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए सदन चल्न नदिने धम्की दिएपछि अर्थमन्त्री रामशरण महतले सदनलाई यसबारे जवाफ दिएका थिए ।

मन्त्री महतले बाध्यकारी परिस्थितिमा मूल्यवृद्वि गर्नुपरेको भन्दै आयल निगमको मासिक घाटा १७० करोड भएकाले मूल्यबृद्धि गर्न वाध्य भएको बताए ।

उनले निगममा व्यवस्थापकीय कमजोरी भए पनि त्यो अत्यन्तै न्यून भएको दाबी गर्दै भारतीय आयल निगमलाई तिर्नु बाँकी ५ अर्ब नतिरे तुरुन्तै आपूर्ति बन्द हुने बताए ।

उनले भने, “यसबारे के गर्न सकिन्छ, कति न्यून गर्न सकिन्छ, गम्भीर गृहकार्य भइरहेको छ।”

तर, महराले अर्थमन्त्रीको जवाफ टालटुले भएको भन्दे मूल्यवृद्धि विरुद्ध सबै जनतामा सडकमा आएको तर, सरकारले वार्ता गर्दै आलटाल गरेर समस्या बल्झाउने काम गरिरहेको आरोप लगाए र
राप्रपा नेपालका कुन्ती शाहीले सदनको कारबाही स्थगित गरेर मूल्यबृद्धिबारे छलफल गर्न सरकारलाई आग्रह गरिन्।

मुल्यवृद्धिको विरोधमा सदनमा होहल्ला हुन थालेपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि पनि विपक्षी दलहरुले संसद चल्न नदिने बताएपछि बैठक ५ फागुनसम्मका लागि स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>