समाचारमंगलबार, चैत्र ४, २०७०
सरकारी यातायातका साधन सञ्चालनमा रोक
विद्यार्थी सङ्गठनको पूर्वघोषित कार्यक्रमअनुसार २४ फागुन बिहान ९ बजेदेखि क्याम्पस अगाडि सरकारी साधन सञ्चालनमा रोक लगाइएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी गराए ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा रहेका विद्यार्थी सङ्गठन र सरकारी वार्ता टोलीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो ।
यसैबीच जारी विद्यार्थी आन्दोलन विषयमा आज पनि विद्यार्थी सङ्गठन र सरकारी वार्ता टोलीबीच छलफल हुने भएको छ ।
रासस
