थप समाचारबुधबार, चैत्र ५, २०७०

बन्दको प्रभाव सामान्य

हिमालखबर

५ चैत २०७० मा आन्दोलकारीले जलाएको मोटरसाइकलको आगो निभाउँदै दमकलका कर्मचारी । तस्वीर: देवकी बिष्ट/हिमालखबर

आन्दोलकारीले जलाएको मोटरसाइकलको आगो निभाउँदै दमकलका कर्मचारी । तस्वीर: देवकी बिष्ट/हिमालखबर

बन्दका कारण उपत्यकामा अरु बेलाभन्दा कम सवारी साधन कम चलेपनि निजी सवारी साधनहरु टन्नै गुडिरहेका छन् भने फाटफुट सार्वजनिक यातायात चलेका छन् ।

प्रहरीले बन्द गराउँदै हिंडेका एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा लगायत ३९ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट बाहिरिने गाडीहरुलाई प्रहरीले सुरक्षा दिई पठाएको छ । सडकमा बन्दकर्ताको उपस्थिति नहुँदा र सुरक्षाकर्मीको उपस्थितिले सडकमा सवारी साधानको संख्या बढ्दै गएको छ ।

मूल्यबृद्धि विरुद्ध आन्दोलनमा रहे पनि नेविसंघ र अनेरास्ववियूले सडक अवरोध र बन्द हड्तालमा समर्थन जनाएका छैनन् ।

नेविसंघले बन्दको कार्यक्रम घोषणाका बेलै असहमति जाहेर गरेको थियो भने अनेरास्ववियू ४ फागुन साँझ बन्दमा समर्थन नरहेको जनाएको छ ।

अहिले बन्दमा एमाओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी, नेकपा(माओवादी निकट विद्यार्थी संगठन लगायत १६ विद्यार्थी संगठनको सहभागिता छ ।

मोटरसाइकल जलाए
आन्दोलनकारीले आन्तरिक राजश्व कार्यालय लाजिम्पाटको बा १ ब ५०२० नम्बरको मोटरसाइकल शंखमुलमा जलाएका छन् ।

आगो लागेर मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ७ जनाको समूहमा रहेका युवाहरुले राजश्व कार्यालयका कर्मचारीलाई लछारपछार पारी बोत्तलमा ल्याएको पेट्रोल छर्की आगो लगाएका थिए ।

बानेश्वर प्रहरी वृत्तका प्रहरी निरीक्षक युवराज तिमिल्सनाका अनुसार प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन भने उनीहरुको खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>