समाचारबुधबार, चैत्र ५, २०७०

आन्दोलनकारी विद्यार्थीद्वारा सवारी साधनमा आगजनी

हिमालखबर

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले अरनिको राजमार्गमा चल्ने वा २ ख ८७९ नम्वरको वसमा ५ चैत बिहान काठमाडौंको पुरानो वसपार्कमा आगजनी गरेका छन् । तस्वीरः रासस

विहानै एमाओवादी र नेकपा–माओवादी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले पुरानो बसपार्कमा एक मिनीबस, पुतली सडकमा एक ट्याक्सी र शंखमुलमा एक मोटरसाइकलमा पेट्रोल छर्केर आगजनी गरेका छन् ।

काठमाडौं प्रहरीका नायव उपरीक्षक अर्जुन चन्द ठकुरीका अनुसार आन्दोलनकारी विद्यार्थीले पेट्रोल छर्केर सवारी साधन जलाउन थालेपछि प्रहरीले नियन्त्रणका लागि सुरक्षा र चेकजाँचलाई कडा बनाएको छ ।

बोतलमा पेट्रोल बोकेर हिँडेका ११ जना विद्यार्थीहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँच बढाएको र आन्दोलनकारीलाई पक्राउ गरेपछि उपत्यकाका सडकमा सवारी साधनको चहलपहल बढ्दै गएको छ ।

राजधानीको शंखमुलमा आन्दोलकारीले जलाएको मोटरसाइकलको आगो निभाउँदै दमकलका कर्मचारी । तस्वीर: देवकी बिष्ट/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>