समाचारबुधबार, चैत्र ५, २०७०
सभासद् साहलाई चाँडै पक्राउ गरि सार्वजनिक गरिने
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सदभावना पार्टीका उपाध्यक्ष समेत रहेका सञ्जयकुमार साहले राजनीतिक आवरणमा आपराधिक क्रियाकलाप गरेको पुष्टि भइसकेको र प्रहरीले खोजी अभियान तिव्र बनाएकाले उनी चाँडै पक्राउ पर्नेछन् ।
१८ वैशाख २०६९ मा नेपालको सङ्घीय संरचनामा मिथिला राज्य स्थापनाको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिद्वारा रामानन्दचोकमा गरिएको शान्तिपूर्ण धर्नामा बसेका व्यक्तिहरुमाथि बम प्रहार गर्न लगाउने भनिएका मुकेश चौधरी पक्राउ गरेपछि गरिएको अनुसन्धानले साह यस घटनाको मुख्य अभियुक्त भएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
चौधरीलाई नेपाल प्रहरीले गत १८ फागुनमा धनुषा जिल्लाको नगराइनबाट पक्राउ गरेको थियो । सञ्जय साह सद्भावना पार्टीका उपाध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका सभासद् हुन् ।
प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले साहलाई पक्राउ गर्न सम्बन्धित निकायहरूमा २ चैतमा नै पत्राचार गरिसकेको बताए ।
उनले बमकाण्डको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको बताउँदै कानूनी प्रक्रिया र सबुत प्रमाणसहित साहलाई पक्राउ गरी चाँडै सार्वजनिक गरिने दाबी समेत गरेका छन् ।
यो पनि पढौ मिथिलामा माफियाराज
