समाचारबुधबार, चैत्र ५, २०७०
स्थानीय निर्वाचन गर्न नदिने वैद्यको धम्की
नेकपा–माओवादी मोरङको जिल्ला सम्मेलन ५ चैतमा उद्घाटन गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानसभाले जनताको आवश्यकतानुसारको संविधान दिन नसक्ने दावी गर्दै ‘सत्ता कब्जा गर्ने मनसायले गर्न खोजिएको’ स्थानीय निकायको निर्वाचन गर्न नदिने बताएका छन् ।
परिवर्तन पक्षधर ठूलो हिस्सालाई बाहिर राखेर संविधान र शान्ति प्राप्त नहुने उनको भनाई थियो । नेकपा–माओवादीले संविधानसभा निर्वाचन समेत बहिस्कार गरेको थियो ।
रासस
