समाचारबिहीबार, चैत्र ६, २०७०

एसएलसीका विद्यार्थीलाई बाबुरामको सुझाव

हिमालखबर

गोरखाको अमरज्योती हाइस्कुलबाट एसएलसी परीक्षा उत्तिर्ण गरेका बाबुराम पछि गएर हिंसात्मक आन्दोलनको नेतृत्व गर्दै प्रधानमन्त्रीसम्म बन्न पुगे ।

उनले यसपाली ६ चैतदेखि शुरु भएको एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरुका लागि केही ‘टिप्स’ दिएका छन् ।

फेसबुकबाट उनले दिएका सुझावहरु जस्ताको तस्तैः

यही चैत्र ६ गतेदेखि शुरु हुने SLC परीक्षाका सहभागी सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुलाई पूर्ण सफलताको हार्दिक शुभकामना ।

मेरा केही सुझावहरू:

१। सबै खाले तनावबाट पूर्ण मुक्त रहनोस्  ।

२। सधैं सकारात्मक सोच राख्नुहोस् ।

३।आफुलाई मन लागेको वेलामा मात्र पढ्नुहोस् ।

४। पढ्दाखेरि पूर्ण रुपले एकाग्रचित्त बन्नुहोस् ।

५। लगातार लामो समय पढ्नु सट्टा वीचवीचमा छोटो ब्रेक लिनुहोस् र आफुले पढेको कुरा एकछिन दिमागमा खेलाउनुहोस् ।

६। परीक्षामा बस्नु पहिले एकछिन आाँखा चिम्लेर कल्पना गर्नुहोस् कि तपाइँ सर्वोच्च अंक ल्याएर उत्तीर्ण हुनुहुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>