समाचारबिहीबार, भाद्र ७, २०६९
सेना समायोजन विशेष समितिको म्याद थप
सिँहदरबारमा ७ भदौमा बसेको मन्त्रिपरिषद बैठकले म्याद थप्ने निर्णय गरेको शिक्षा मन्त्री दीनानाथ शर्माले जानकारी दिए । गएको साउन मसान्तमा सकिएको समितिको म्याद आज थप गरिएको हो ।
बैठकमा संवैधानिक निकायमा पदपुर्ति, राजदुत नियुक्ति लगायतका ७ अध्यादेश सिफारिस गर्ने विषयमा छलफल भएको शर्माले जानकारी दिए । यद्यपि अध्यादेशको विषयमा ठोस निर्णय भने हुन सकेन ।
यसैबीच राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले दिएको राजीनामा १६ भदौबाट लागु हुने गरी स्विकृत गरिएको छ ।
