समाचारबिहीबार, चैत्र ६, २०७०

सिंघानियाँ हत्याको अनुसन्धान अन्तिम चरणमा

हिमालखबर

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संचार उद्यमी सिंघानियाँ हत्याको अनुसन्धान पूरा हुनै लागेको बताएका छन् । जनकपुरमा ६ चैतमा सरकारी वकिलहरुको क्षेत्रीय वार्षिक कार्ययोजना तथा समीक्षा कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले अब छिट्टै अनुसन्धान सकिने बताए ।

उनले जनकपुरको रमानन्द चोकमा भएको बिष्फोटको घटनाको जिम्मेवारी लिएका मुकेश चौधरी पक्राउ परेपछि सिंघानियाँ हत्या अनुसन्धानमा सहयोग पुगेको जानकारी दिए ।

जनकपुरको रमानन्द चोकमा १८ वैशाख २०६९ मा मिथिला राज्य संघर्ष समितिको शान्तिपूर्ण धर्नामा गराइएको शक्तिशाली बिष्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

बिष्फोटको जिम्मेवारी भूमिगत संगठन तराई जनतान्त्रिक पार्टीका ‘अर्जुनसिंह’ भनिने मुकेश चौधरी र ‘राजन मुक्ति’ भनिने रञ्जितकुमार झाले लिएका थिए । दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

महानिरीक्षक अर्यालले भने, “चौधरीको बयानको आधारमा सिंघानियाँ हत्याको केही कारणहरु आएपनि अनुसन्धानको केही पाटो बाँकी रहेकोले तथ्यहरु सार्वजनिक नगरिएको हो ।”

यस्तै, धनुषा प्रहरी प्रमुख उत्तमराज सुवेदीले पनि सिंघानियाँ हत्याको अनुसन्धान अब सकिनै लागेको बताए ।

रंग, अबिर खेलेर घर फर्किने क्रममा १७ फागुन २०६७ मा संचार उद्यमी सिंघानियाँको जनकपुरस्थित शिवचोकमा गोली हानी हत्या भएको थियो ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>