समाचारबिहीबार, चैत्र ६, २०७०

अपहरित बालक ७ दिनपछि मुक्त

हिमालखबर

बालक अपहरणका अभियुक्तहरु । तस्वीर: इश्वरचन्द्र झा

३० फागुनमा धनुषाको ठाढीझिजा–४ स्थित स्कूलबाट घर फर्कंदै गरेका स्थानीय लक्ष्मेश्वर महतोका ४ वर्षीय छोरा रुपेश महतोलाई प्रहरीले ५ चैत राति अपहरणमुक्त गराएको छ ।

धनुषाको रघुनाथपुर–३ ढोरबज्जास्थित बगैंचाबाट बालकलाई मुक्त गराईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकलाई सकुशल अवस्थामा उनका परिवारलार्ई बुझाइएको छ ।

प्रहरीले अपहरणमा संलग्न धनुषाको ठाढीझिजा– ४ का सीताराम यादव, वडा नं ३ का मनोजकुमार यादव, बालाबाखर–८ का मनोज यादव र चोराकोयलपुर–१ का बिपुल यादवलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले टोलमा भएको समान्य विवादका कारण बालक अपहरणमा परेकोे बताए ।
चारैजनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>