समाचारबिहीबार, चैत्र ६, २०७०
दुर्घटनामा वाणिज्य बैंकका क्षेत्रीय प्रमुखको निधन
विराटनगरबाट ओखलढुङ्गा आउँदै गरेको राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरकोे बा ४च ८७२० नम्बरको जीप बिहान ११ बजे ओखलढुङ्गाको मानेभन्ज्याङमा दुर्घटना हुँदा क्षेत्रिय प्रमुख दिनेश कार्कीको निधन भएको छ ।
जिपमा सवार कार्यालयका कर्मचारी राजेश पोखरेल र चण्डी भट्टराई तथा चालक नीलहरि ढुङ्गेल घाइते भएका छन् ।
घाइतेमध्ये पोखरेल र ढुङ्गेलको अवस्था गम्भीर छ । घाइतेको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
गाडी मानेभन्ज्याङ गाविस–९ को सौराडाँडामा उकालो चढ्ने क्रममा ‘ब्रेक फेल’ भएर सडकभन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले बताएका छन् ।
रासस
