समाचारशुक्रबार, चैत्र ७, २०७०
क्रिकेट खेलाडीहरुलाई पाँच–पाँच लाख नगदसहित राष्ट्रिय सम्मान दिइने
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ७ चैतमा रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बंगलादेशमा जारी टि–२० क्रिकेट प्रतियोगितामा हङकङ र अफगानिस्तानलाई हराएका खेलाडीहरुलाई नगद पाँच–पाँच लाख रुपैयाँ सहित राष्ट्रिय सम्मान दिने घोषणा गरेका छन्।
“सबै तयारी भईसकेको छ, अर्थमन्त्री ब्रसेल्सबाट फर्किएपछि बस्ने मन्त्रिपरिषदको बैठकले त्यसबारे निर्णय लिन्छ ।”
अफगानिस्तान जस्तो वनडे टिमलाई पराजित गरेर नेपाली टिमले राष्ट्रिय गौरब बढाएको भन्दै उनले अब सरकारले सन् २०१९ मा हुने वन डे विश्वकपमा नेपाली टोलीलाई सहभागी गराउन क्रिकेटमा लगानी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
मन्त्री पौडेलले आगामी एक वर्षभित्रै मुलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गरिने दाबी गरे ।
उनले सरकारले दुई दिवसीय क्रिकेट प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सुरुवात गर्ने तयारी गरिरहेको जानकारी दिंदै गाँउ गाँउवाट क्रिकेट खेलाडी जन्माउन प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्टेडियम बनाउने गरी सरकारले योजना बनाएको बताए ।
