समाचारशुक्रबार, चैत्र ७, २०७०
प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्रीले अधिकारी दम्पतीलाई भेटे
७ चैतमा गृहमन्त्री वामदेव गौतमसँगै वीर अस्पताल पुगेका प्रधानमन्त्री सुशील कोइरालाले ४ महिनादेखि अनशनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई भेटी अनशन तोड्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री कोइराला बाहिरिए लगत्तै अस्पताल पुगेका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पनि अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
उनीहरुले अधिकारी दम्पतिलाई न्याय दिलाउने प्रतिबद्धतासहित अनशन तोड्न आग्रह गरेका थिए । जवाफमा अधिकारी दम्पतिले आरोपी सबैलाई पक्राऊ गरेर कारवाही शुरु गरे मात्रै अनशन त्याग्ने बताए ।
यसअघि अधिकारी दम्पतीले प्रधानमन्त्री सुशील कोइरालालाई पनि उनीहरुले हत्याराहरुलाई कारवाही नभएसम्म अनशन नतोड्ने बताएका थिए ।
प्रधानमन्त्री कोइरालाले कृष्णप्रसादको हत्यामा संलग्नलाई पक्राऊको लागि सरकारले निर्देशन दिइसकेको र केही व्यक्ति पक्राऊ पनि परिसकेकाले अनशन त्याग्न आग्रह गरेका थिए ।
गोरखा फुजेल ७ का कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ मा माओवादीले चितवनबाट अपहरण गरी हत्या गरेको थियो ।
