समाचारशनिबार, चैत्र ८, २०७०

वीरगञ्जमा महंगी र लोडसेडिंग विरुद्ध प्रदर्शन

हिमालखबर

‘वीरगञ्ज यूवा समाज’ को नेतृत्वमा ८ चैतमा स्थानीय युवा, विद्यार्थी, नागरिक समाजले महंगीको विरुद्ध वीरगञ्जमा प्रदर्शन गरेका छन् । स्थानीय घण्टाघर चोक बाट शुरु भएको बिरोध र्‍यालीमा बढदो महंगी र लोडसेडिङले आजित भएका सबै तह र तप्काका नागरिकहरुको सहभागिता थियो ।

वीरगञ्जका निजी शैक्षिक संस्थान, अस्पताल तथा क्लिनिकमा चिकित्सकको सेवा शुल्क वृद्धि तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवद्धिले सर्वसाधारणलाई जीवनयापन गर्न कठीनाई परिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउने विरोध प्रदर्शन गरिएको समाजका अध्यक्ष कमल चौगाइँले बताए ।

वीरगञजमा अहिले विशेषज्ञ डाक्टरको न्यूनतम शुल्क ४०० रुपैयाँ छ । निजी विद्यालयहरुले पनि आफूखुशी शुल्क वृद्धि गरेका छन् भने सेवाको गुणस्तर खस्कंदो छ । त्यस्तै खानेपानीको महशुल दोब्बर भएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>