समाचारशनिबार, चैत्र ८, २०७०
चीनले देख्यो हराएको विमानका टुक्रा !
चीनले स्याटलाइटबाट खिचेका केही तस्वीरहरुको बारेमा अनुसन्धान भइरहेको र ती तस्वीर हराइरहेको विमान एमएच–३७० को हुनसक्ने मलेशियाली अधिकारीहरुले बताएका छन् ।
मलेशियाका कार्यवाहक यातायात मन्त्रीले हिशामुद्दीन हुसैन सञ्चारकर्मीलाई बताए अनुसार हिन्द महासागरमा देखिएको तस्वीर ३० मिटर लामो र २२ मिटर चौडा छ । उनले यसबारेमा चीनले थप जानकारी दिने पनि बताएका छन् ।
२३९ यात्रु बोकेर क्वालालम्पुरबाट बेजिंगका लागि उडेको मलेशिया एयरलाइंसको विमान एमएच–३७० विमान अहिलेसम्म भेटिएको छैन । विमानको खोजी २६ देशले गरिरहँदा पनि नभेटिएपछि अनेकौं अड्कल काटिएका छन् ।
यसअघि अष्ट्रेलियाले पनि स्याटालाइटबाट प्राप्त तस्वीरहरुका आधारमा पर्थको दक्षिणपश्चिममा देखिएको वस्तु मलेशियाली विमानकै अवशेष हुनसक्ने बताएको थियो । त्यसतर्फ खोजीका लागि धेरै जहाज गए पनि विमानको कुनै अवशेष भेटाउन सकेका छैनन् भने खोजी कार्य अझै जारी छ ।
