समाचारबिहीबार, भाद्र ७, २०६९
सङ्कटको अन्त्य गर्न सरकारलाई बर्खास्त गरी राष्ट्रपति शासन जरुरी–बिजुक्छे
रिपोर्टर्स क्लब नेपालले ७ भदौमा भक्तपुर कमलविनायकस्थित बिजुक्छेको निवासमा राष्ट्रिय सहमति निर्माण अभियानअन्तर्गत आयोजना गरेको ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै उनले अध्यादेशबाट मुलुक नचल्ने बताए । उनले राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिँदा मात्र अहिलेको राजनीतिक सङ्कटको अन्त्य हुने बताए ।
सरकारले अध्यादेशबाट देश चलाइरहँदा पनि राष्ट्रपति चुप लागेर बसे देश खतरामा पर्ने उनको चेतावनी थियो । उनले भने ‘नेपाली काँग्रेस र नेकपा एमालेलगायतका प्रतिपक्षले प्रधानमन्त्रीलाई बालुवाटारमै घेराबन्दी गरेर हटाउनुपर्छ ।’ रासस
