समाचारबिहीबार, भाद्र ७, २०६९
राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुखकी श्रीमती ठगीको अभियोगमा पक्राउ
विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै रु ४६ लाख ३५ हजार ठगी गरेको आरोपमा भट्टलाई महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरले ७ भदौ दिउँसो पक्राउ गरेको महानगरीय प्रहरी प्रभागका प्रवक्ता धिरजप्रताप सिँहले जानकारी दिए । प्रवक्ता सिँहका अनुसार राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै प्रतिभाले युवराज न्यौपानेबाट रु २२ लाखm कुमार केसीबाट रु १२ लाख ५० हजार, मनोजकुमार यादवबाट रु ८ लाख, अजय चौधरीबाट रु १ लाख ५० हजार, विष्णुदेव चौधरीबाट रु २ लाख ३५ हजार लिएकी थिइन् ।
केही दिनअघि पक्राउ परेका सिमरा भदैया-५ का वैद्यनाथप्रसाद कर्ण र कल्पना कर्णको बयानअनुसार प्रतिभालाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखामा ठगिने न्यौपानेसहितले गत साउन ३० गते जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा महाशाखाले भदौ ३१ गते सिरहाका कर्णद्वयलाई पक्राउ गरेको थियो ।
पक्राउपछि कर्णद्वयले सरकारी वकिल कार्यालयमा बयान दिने क्रममा भट्टलाई रकम दिएको बताएका थिए ।
