समाचारआइतबार, चैत्र ९, २०७०

कांग्रेसले पनि सभासदसँग ‘लेबी’ उठाउने

हिमालखबर

नेपाली कांग्रेसले संविधानसभामा पुगेका सभासदसँग ‘लेबी’ रकम उठाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ९ चैतमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले हरेक सभासदसँग रु. ५ हजार ‘लेबी’ उठाउने निर्णय गरेको छ ।

सभासदबाट उठाएको ‘लेबी’ रकमको २० प्रतिशत संसदीय दल र ८० प्रतिशत पार्टीले राख्ने पनि बैठकले निर्णय गरेको कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडुले जानकारी दिए । उनले पार्टी र संसदीय दलको कार्य संचालनका लागि सभासदसँग ‘लेबी’ उठाउने निर्णय गरेको पनि बताए ।

बैठकले संसदीय दल कार्यसमितिको निर्वाचन मिति पनि तय गरेको छ । बैठकले १२ चैतमा निर्वाचन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले संसदीय दल कार्यसमितिको निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति पनि गठन गरेको छ । कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडुको संयोजक रहेको निर्वाचन समितिमा केन्द्रीय सदस्य रमेश रिजाल र रामचन्द्र तिवारी सदस्य छन् ।

समितिले १० चैतसम्ममा निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता बडुले जानकारी दिए । बैठकले संविधानसभामा रहेका पाँच समिति र व्यवस्थापिका–संसदमा रहेका ११ समिति गठनका लागि सभासदलाई आफ्नो रुची अनुसार प्राथमिकताको क्रम निर्धारण गर्न समेत निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>