थप समाचारसोमबार, चैत्र १०, २०७०
२६ सभासदमा विशेषज्ञलाई मनोनित गरौं: नेम्बाङ
संविधानसभा अध्यक्ष नेम्बाङले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट छुटेका विशेषज्ञलाई लैजानुपर्ने बताएका हुन् । निर्माणाधीन इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा १० चैतमा भएको पत्रकार सम्मेलनमा उनले बाँकी सभासद पनि छिट्टै मनोनित गरेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले एक वर्षभित्रमा संविधान निमाण गरी छाड्ने दावी गरे । संविधान निर्माणकोे आधार तयार भएकाले संविधान बन्नेमा ढुक्क हुन उनले सबैसँग आग्रह गरे ।
उनले भने, “संसद् नियमावली तयार भइसकेकाले संविधान बन्ने आधार तयार भएको छ ।” तर, संविधान निर्माणमा सबै दल र पार्टी अघि बढ्नुपर्नेमा उनको जोड छ ।
रासस
