समाचारसोमबार, चैत्र १०, २०७०
संसदमा आज के हुँदैछ
संविधानसभा भवन नयाँवानेश्वरमा व्यवस्थापिका संसदको बैठक बसिरहेको छ । १० चैतमा बसिरहेको बैठकमा संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ को साविकको व्यवस्था जगाउने विधेयक, २०७० माथि छलफल गर्ने कार्यसूचि छ ।
छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले १० चैतमै विधेयक संसदमा प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा विनियोजन विधेयक, २०७० माथि सामूहिक छलफल गर्ने कार्यसूचि छ । विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्री डा. रामशरण महतले जवाफ दिने छन् ।
बैठकमा आर्थिक विधेयक, २०७० माथि छलफलपछि प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि पनि छ । यस्तै, १० चैतकै बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने कार्यसूचि पनि छ ।

