समाचारसोमबार, चैत्र १०, २०७०

संसदमा पुबुदुको सम्झौता म्याद थप्न माग

हिमालखबर

व्यवस्थापिका संसदको बैठकमा सभासदहरुले क्रिकेटबाट नेपाललाई विश्वमा चिनाउने राष्ट्रिय प्रशिक्षक पुबुदुको सम्झौता म्याद थप्न माग गरेका हुन् । संविधानसभा भवन नयाँबानेश्वरमा १० चैतमा बसेको बैठकमा सभासदहरुले पुबुदुलाई म्याद थपेर पनि नेपालमै राख्नुपर्ने बताए ।

बैठकको शुन्य समयमा बोल्दै सभासद चुडामणी विक जंगलीले क्रिकेटबाट नेपाललाई विश्वमा चिनाउन पुबुदुले योगदान गरेकाले सम्झौता म्याद थप्नुपर्ने बताए । उनले भने, “सम्झौता म्याद थपेर पनि पुबुदुलाई नेपालमै राख्नुपर्छ ।”

नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुसँगको हालको सम्झौता १७ चैतमा सकिदैं छ । उनकै नेतृत्वमा नेपाल वल्र्ड क्रिकेट लिग डिभिजन फोर, डिभिजन थ्री र एसीसी ट्रफी एलिट च्याम्पियन भएको थियो । पुबुदुकै योजनामा नेपालले एसीसी टी–२० उपविजेता हुँदै आईसीसी छनौट पारे गरेर विश्वकप क्रिकेट खेल्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>