थप समाचारमंगलबार, चैत्र ११, २०७०

वेपत्ता विमानः तीन सातासम्मको खोज यात्रा

हिमालखबर

मलेशियाली प्रधानमन्त्री नजिवअब्दुल रजाकाले वेलायती वैज्ञानिकहरु र ‘स्याटलाइट इनमारसेट’ का आधारमा गरिएको विश्लेषण अनुसार जहाज हिन्दमहासागरमा दुर्घटनाग्रस्त भएको घोषणा गरेका छन् ।

विमान वेपत्ता भएपछि दुर्घटना भएको घोषणा हुँदासम्म के के भयोः

८ मार्च: मलेशिया एयरलाइन्सको एमएच ३७० विमान स्थानीय समयानुसार राति १२:२१ बजे क्वालालम्पुरबाट बेइजिंगका लागि उड्यो जसमा २२७ यात्री र चालकदलका १२ सदस्य थिए । को–पाइलटले टावरलाई १:१९ बजे सन्देश दिए, ‘अलराइट,गुड नाइट’ ।

सैन्य रडारमा विमान अन्तिम पटक २:१४ बजे मलक्काबाट पश्चिमतर्फ जाँदै गरेका देखियो । त्यसको आधा घन्टापछि मलेशिया एयरलाइन्सले विमानसँग सम्पर्क विच्छेद भएको बतायो । विमान विहान ६:३० बजे बेजिंग पुग्नुपर्ने थियो ।
मलेशियाली अधिकारीहरुले विमानमा चोरीको पासपोर्ट लिएका दुई व्यक्ति सवार भएको बताएपछि विमान आतंकवादीहरुले अपहरण गरेको आशंका गरियो ।

९ मार्चः मलेशियाका वायु सेना प्रमुखले सैन्य रडारबाट प्राप्त संकेत भएको भन्दै विमान संभवतः क्वालालम्पुरतर्फ फर्कने प्रयासमा रहेको बताए ।

१० मार्चः भियतनामको खोजी विमानले समुद्रमा केही बस्तु देखिएको र त्यो विमानको अवशेष हुनसक्ने बताइयो तर, त्यहाँ जाँदा केही त्यस्तो केही भेटिएन ।

११ मार्चः वेपत्ता विमानको खोजीको क्षेत्र ११५ नटिकल माइलसम्म विस्तार गरियो । विभिन्न देशका जम्मा ३४ विमान र ४० पानी जहाज विमानको खोजीमा लागे ।

मलेशियाको प्रहरीले चोरीको पासपोर्टबाट यात्रा गर्ने दुई यात्री इरानी नागरिक भएको र संभवतः आतंकवादी नभएको जानकारी दियो ।

१२ मार्च: चीनको समाचार संस्था सिन्ह्वाले स्याटलाइटबाट प्राप्त तस्वीर अनुसार विमानको अवशेष भियतनामको दक्षिणी सीमास्थित समुद्रमा देखिएको उल्लेख ग¥यो ।

१३ मार्चः मलेशियाका अधिकारीहरुले विमान खोजीको क्षेत्र अंडमान सागरसम्म बढाए । तर त्यहाँ पनि केही पत्तो लागेन । पछि चीनको दूतावासले स्याटलाइटबाट प्राप्त भनिएका तस्वीरहरु गल्तीले जारी भएको बतायो ।

१४ मार्च: मलेशियाका प्रधानमंत्री नजीब रज़ाकले वेपत्ता विमानको बाटो जानाजान परिवर्तन गराइएको र रडारसँग सम्पर्क विच्छेद भएको ६ घंटासम्म पनि विमान उडिरहेको सञ्चारकर्मीहरुलाई बताए । त्यसबेला विमान कजाकिस्तान वा हिंद महासागरमा दक्षिणतर्फ पनि लागेको हुनसक्ने अड्कल काटियो ।

१५ मार्चः वेपत्ता विमानको खोजीको क्षेत्र ११ देशसम्म बढाइयो । विमानको खोजीमा जुटेका देशहरुको संख्या २५ पुग्यो ।

१७ मार्च: मलेशियाले विमानको सञ्चार प्रणाली जानाजान बन्द गराइएको र विमान अपहरण भएको वा पाइलटले आत्महत्या गर्न दुर्घटना गराएको हुनसक्ने भन्ने कुरा अस्वीकार गर्न नसकिने बतायो । विमानका चालक र यात्रुहरुको पृष्ठभूमी अनुसन्धान शुरु गरियो ।

१९ मार्च: विमानका बारे सूचनाको अभाव भन्दै यात्रीका परिवारले अनशन वस्ने चेतावनी दिए ।

२० मार्च: अस्ट्रेलियाका प्रधानमंत्री टोनी एबटले दक्षिणी हिंद महासागरमा केही वस्तु देखिएको र त्यो वेपत्ता विमानको अवशेष हुनसक्ने बताए । सेनाका ४ विमान त्यसतर्फ खोजीका लागि पठाइए पनि केही फेला पार्न सकिएन ।

२१ मार्च: चीनले दक्षिणी हिंद महासागरमा वेपत्ता विमानको खोजीका लागि आफ्ना तीन जंगी जहाज पठाउने घोषणा ग¥यो ।
२२ मार्च: मलेशियाका यातायात मन्त्रीले चीनको उपग्रहबाट प्राप्त तस्वीरमा दक्षिणी हिंद महासागरमा विमानको अवशेष जस्तै केही वस्तु देखिएको र खोजी त्यसतर्फ बढाइएको बताए ।

२३ मार्च: दक्षिणी हिंद महासागरमा खोजी बढाइयो । फ्रांसले पनि स्याटलाइटबाट प्राप्त तस्वीर अनुसार दक्षिणी हिंद महासागरमा केही बस्तु देखिएको बतायो ।

२४मार्च: चीन र अस्ट्रेलियाका विमानले दक्षिणी हिन्द महासागरमा केही वस्तु देखिएको बताए । मलेशियाका प्रधानमन्त्री नजीब रजाकले वेलायतको एयर एक्सीडेंट्स इन्भेस्टीगेशन ब्रान्च र ट्रेकिंग फर्म इनमारसेटलाई उद्धृत गर्दै वेपत्ता विमानको यात्रा दक्षिणी हिन्द महासागरमा विलय भएको घोषणा गरे ।

बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>