समाचारशुक्रबार, भाद्र ८, २०६९

ट्राफिक जाँचका क्रममा दुर्घटना हुँदा एकको मृत्यु

हिमालखबर

८ भदौ बिहान महानगरीय ट्रफिक प्रहरी परिषद् भक्तपुरले छ लेन सडकअन्तर्गत सल्लाघारीमा जाँच गर्ने क्रममा तीव्रगतिमा सूर्यविनायकतर्फ जाँदै गरेको बा ४० प १३८९ नम्बरको मोटरसाइकललाई रोक्ने क्रममा मोटरसाइकल सडकको फलामको बारमा गएर ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा काठमाडाँ गोठाटार घर भई शङ्खमूलस्थित कोलम्बस कलेजमा अध्यनरत १९ वर्षीय रोशन थापाको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने दीपक खत्री गम्भीर घाइते भएका छन् भने उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भएका ट्राफिक जाँचमा संलग्न गम्भीर घाइते ट्राफिक प्रहरी जवान प्रदीप राईको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अण्डकोषमा क्षति भएको र हातखुट्टासमेत भाँच्चिएको बताइएको छ ।

कलेज पोसाकमा तीव्रगतिमा आएका विद्यार्थी ट्राफिक जाँच छलेर भाग्न खोजेको ट्राफिक प्रहरीले समाउन खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना भएलगत्तै स्थानीय बासिन्दा, मृतकको परिवार र कलेजका विद्यार्थी तथा शिक्षकले सल्लाघारी बन्द गराउन बिहानैदेखि मध्याहृनसम्म पनि सडक अवरुद्ध गराएका छन् ।

रमेश गिरी, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>