समाचारमंगलबार, चैत्र ११, २०७०

धनुषामा गोली चल्यो, दुई विद्यार्थी घाइते

हिमालखबर

धनुषाको धवौली परीक्षा केन्द्रमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट दुई विद्यार्थी घाइते भएका छन् भने विद्यार्थीले हानेको ढुंगा लागेर एक महिला प्रहरी घाइते भएकी छन् ।

११ फागुन बिहान धनुषाको यदुकोहा ‘ख’ केन्द्रमा एसएलसी परीक्षा दिन गएका विद्यार्थी र चेकजाँच गरिरहेका प्रहरीबीच झडप हुँदा एकजना विद्यार्थीको टाउको फुटेको थियो । झडपमा विद्यार्थी घाइते भएलगत्तै अभिभावक र विद्यार्थीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै परिक्षा विथोले ।

यदुकोहा ‘ख’ सेन्टरमा परीक्षा विथोलेपछि उनीहरु यदुकोहाकै ‘क’ सेन्टरमा पनि पुगेर परीक्षा हुन दिएनन् । त्यहाँबाट धवौली सेन्टरमा पुगेको विद्यार्थी र अभिभावकहरुको भीडले धवौलीमा पनि परीक्षा विथोल्न खोज्दा प्रहरीले गोली चलाएको छ ।

यदुकोहा ‘ख’ परीक्षा केन्द्रमा व्यापकमात्रामा अनियमितता भएको गुनासो आएपछि चेकजाँच कडा पारिएको र अनियमितता गर्न नपाएका विद्यार्थी र अभिभावकहरु आवेशमा आएर प्रहरीसँग झगडा गरेको प्रहरीको भनाई छ भने पुरुष प्रहरीले शरीर खानतलासी गर्ने क्रममा महिला परिक्षार्थीमाथि दुर्व्यबहार गरेकाले घटना हुन पुगेको विद्यार्थीले दाबी गरेका छन् ।

धबौली परिक्षाकेन्द्रमा प्रहरीले चलाएको गोलीबाट बल्हाबाखर–४ का १८ वर्षीय सन्तोषकुमार यादव र यदुकोहा– ३ का १६ वर्षीय राधे हाथी घाईते भएका छन् । गोलीले यादवको दायाँ पाखुरा हुँदै पिठ्यूको दाहिनेपट्टी छेडेको छ भने हाथीको तिघ्रामा गोली लागेको उपचारमा संलग्न चिकित्सकले बताए ।

घाईतेद्वयको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

विद्यार्थीहरुले ढुङ्गामुढा गर्दा महिला प्रहरी शशीकला मैनाली गम्भिर घाईते भएकी छन् ।

त्यस्तै यदुकोहा ‘ख’ केन्द्रका परीक्षार्थी पप्पु साहको टाउकोमा चोट लागेको छ । उनको जनकपुरमा उपचार हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>