समाचारशुक्रबार, भाद्र ८, २०६९
सत्तारुढ गठबन्धनले सर्वपक्षीय अन्तक्रिर्या गर्ने
एमाओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा ८ भदौमा बसेको बैठकले अन्तक्रिर्या गर्ने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । १९ भदौमा राजधानीमा आयोजना गरिने अन्तक्रिर्यामा विघटित संविधानसभामा रहेका र अन्य दलहरुसग समेत छलफल सहभागी हुनेछन् ।
बैठकले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरुसँग वार्ता गर्ने जिम्मा संयोजक दाहाललाई दिने निर्णय गरेको पनि सिंहले बताए । सिंहका अनुसार दाहाललाई सर्वपक्षीय कार्यक्रम भन्दा अगाडि नै दलहरुबीच सहमति कायम गर्ने जिम्मेवारी दिइएको छ ।
यसैबीच गठबन्धनको पहिलो बैठकले दाहालको संयोजकत्वमा ९ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा दाहाल, प्रेमबहादुर सिंह, जितेन्द्र देव, लक्ष्मणलाल कर्ण, रुक्मिणी चौधरी, विश्वेन्द्र पासवान, केशवमान शाक्य, एमएस थापा र सदरुल मियाँ हक रहेका छन् ।
