समाचारबुधबार, चैत्र १२, २०७०
पूर्व आइजीपी लामाको निधन
२०३९ देखी ०४३ सालसम्म प्रहरी महानिरीक्षक रहेका डिबी (दिलबहादुर) लामाको नुवाकोटको गोर्खुस्थित निवासमा ११ चैत राति ८४ वर्षको उमेरमा निधन भएको छ ।
०५६ सालमा रसुवाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामा शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारमा समान्यप्रशासन सहायक मन्त्री भएका थिए ।
लामाको शव अन्तिम संस्कारका लागि काठमाडौं ल्याइएको पारिवारीक स्रोतले जनाएको छ ।
लामाको पार्थीव शरीमा अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रहरीका भूतपूर्व तथा बहालवाला उच्च अधिकारीहरु उनको काठमाडौं धापासीस्थित निवास पुगेका छन् ।
लामाका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

