समाचारबुधबार, चैत्र १२, २०७०
कांग्रेस कार्यसमितिको निर्वाचन स्थगित
निर्धारित निर्वाचन कार्यतालिका अनुसार कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन मतदान दिउँसो ३:०० बजेदेखि ५:३० बजेसम्मका लागि तोकिएको भए पनि अन्तिम समयमा आएर निर्वाचन स्थगन गरिएको सूचना टाँसिएको छ ।
सर्वसम्मत कार्यसमिति सदस्य छान्नको लागि मतदान स्थगित गरिएको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताएका छन् । सहमतिका आधारमा संसदीय दल कार्यसमिति गठन गर्न सहमहामन्त्री पूर्णबहादुर खडका, सङ्गठन विभाग प्रमुख आनन्द प्रसाद ढुङ्गाना र प्रमुख सचेतक चिनकाजी श्रेष्ठ रहेको समिति गठन गरिएको छ ।
१४ चैत बिहान ८ बजेसम्मका लागि स्थगन गरिएको कांग्रेसका प्रवक्ता एवम् निर्वाचन समितिका संयोजक दिलेन्द्रप्रसाद बडूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काग्रेसको संविधानसभा संसदीय दल कार्यसमितिको १७ सदस्यका लागि हुने निर्वाचनमा ३२ जनाले उम्मेदवारी दिएका थिए ।
