समाचारबुधबार, चैत्र १२, २०७०

ओलीलाई थप उपचारका लागि तेस्रो मुलुक लग्ने तयारी

हिमालखबर

शरीरमा संक्रमण भई ज्वरो आउने हात सुन्निने भएपछि भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराई रहेका एमाले नेता केपी ओलीलाई थप उपचारका लागि बेलायत वा सिंगापुर लगिने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

ओलीको अवस्था जटिल बन्दै गएपछि उनलाई सुविधासम्पन्न अस्प्तालमा लैजानका लागि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले पहल गरिरहेका छन् भने ओलीलाई भेट्न आजै उपप्रधानमन्त्री वामदेव गौतम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीे दिल्ली गएका छन् ।

६ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको संक्रमणले गर्दा हात सुन्निने, छिनछिनमा काम ज्वरो आउने लगायतका समस्याको निदान दिल्लीमा पनि हुन सकेको छैन । उपचारमा संलग्न चिकित्सकहरुले संक्रमणको कारण थाहा पाउन नसकेको र थप उपचारका लागि सिंगापुर वा बेलायत लैजान भनेपछि उनलाई त्यसतर्फ लग्ने तयारी भइरहेको स्रोतले बतायो ।

ओलीको केही समयअघि प्रोस्टेट ग्रन्थीको समेत शल्यक्रिया भएको थियो ।

“उपप्रधानमन्त्री पनि आजै दिल्ली जानु भएको छ, ओलीजीको अवस्था जटिल हुँदै गएपछि उहाँलाई अस्पतालकै सिफरिसमा सिंगापुर वा यूके कहाँ लगिने भन्ने भोली सम्म टुंगो लाग्छ,” स्रोतले भन्यो ।

के भएको हो ओलीलाई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>